Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

दैलेख – दैलेखको दुल्लु नगरपालिकाको मेयरमा कांग्रेसका घनश्याम भण्डारीले ६ हजार ३ सय ४९ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका वरुणनाथ योगीले ६ हजार २ सय ८० मत ल्याउनुभयो ।

यस्तै उपप्रमुखमा भने एमालेका विष्णु थापाले ६ हजार ४ सय ७८ मतका साथ जित्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णा शाहीले ६ हजार १ सय ९ मत पाउनुभयो ।

यस्तै दैलेखकै गुराँस गाउँपालिकामा कांग्रेसका खेमराज वली ४ हजार १ सय ६४ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका प्रेम खड्का ३ हजार ४ सय २३ मत पाउनुभयो ।

यो गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै दीपा विसी  ४ हजार ३७ मतका साथ विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका प्रभादेवी गुरुङले ३ हजार ५ सय १४ मत पाउनुभयो ।

दैलेखकै नौमुले गाउँपालिकामा कांग्रेसका भदे बुढाले ३ हजार १ सय ५२ मल ल्याएर अध्यक्षमा जित्नु भएको छ । उहाँका प्रतिद्वन्द्वी रहेका एमालेका लिलाराम रामजाली २ हजार ६ सय ४४ मत पाउनुभयो ।

उपाध्यक्षमा पनि कांग्रेसकै अमृता सिंह ३ हजार २ सय ८० मतसहित विजयी हुनुभयो । उपाध्यक्षमा उठेका एमालेका झरना चन्दले २ हजार ७ सय ३४ मत ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया