Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

रामेछाप – रामेछापको लिखु गाउँपालिकामा एमालेका गोविन्दबहादुर खड्का विजयी हुनुभएको छ । उहाँले ४५९५ मत ल्याएर विजयी हुनभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर राउतले २०५३ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा पनि एमालेकै दिपशिखा दाहल विजयी हुनुभएको छ । उहाँले ४६०५ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कल्पना खड्काले २४८० मत ल्याउनुभएको छ ।

त्यस्तै दोरम्बा गाउँपालिकामा माओवादी केन्द्रका कमानसिंह तामाङ विजयी हुनुभएको छ । उहाँले ४२४१ मत ल्याउनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमकुमार लामाले ३७४४ मत प्राप्त गुर्नभएको छ ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै क्रिशला घिसिङ विजयी हुनुभएको छ । उहाँले ४३८९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी सुभद्रा कँडेल पाठकले ३५९९ मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया