Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

दोलखा – दोलखाको विगु गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका युधिष्ठिर खड्का विजयी हुनु भएको छ । उहाँले एमालेका उम्मेदवारले भन्दा १४ सय ३७ मत बढि ल्याउनु भयो ।

उहाँले ४ हजार २३ मत र एमालेका सुन्दर लामिछानेले २ हजार ५ सय ८६ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका संजीब ओली विजयी हुनुभएको छ । बिगुको ८ वटा वडा मध्ये चार वटा वडामा माओवादी केन्द्र, तीन वडामा नेपाली काँग्रेस र एउटा वडामा एमालेले जीत हासिल गरेको छ ।

दोलखाको तामाकोशी, गौरीशंकर, सैलुङ र कालिन्चोक गाउँपालिकाको मत गणना भैरहेको छ । वैशाख ३१ गते स्थगित भएको मेलुङ गाउँपालिकाको चुनावको मिति भने अझै तोकेको छैन ।

तपाईको प्रतिक्रिया