Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

बेनी – म्याग्दी जिल्लाको बेनी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ ५ हजार ६ सय ७९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रमोदकुमार श्रेष्ठले ५ हजार ६ सय ३४ मत प्राप्त गरेका छन् । जिल्लाका प्रतिष्ठित पूर्व शिक्षक श्रेष्ठ ४५ मतको झिनो अन्तरले मेयरमा बिजयी भएका हुन् ।

यसैगरी उपमेयरमा ३ हजार ९ सय ९५ मत प्राप्त गरेर राप्रपाकी सञ्जु थापा बरुवाल विजयी भएकी छिन् । उनका प्रतिस्पर्धीमा माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले ३ हजार ९ सय ६१ मत प्राप्त गरेकी छिन् । ३४ मात्र झिनो मतको अन्तरले उपमेयरको बिजय राप्रपाको पोल्टामा गएको हो ।

१८ हजार ३ सय ४५ मतदाता रहेको बेनी नगरपालिकामा १३ हजार १ सय २८ मत खसेको थियो । बेनपाको १० वटा वडामध्ये ८ वटाको अध्यक्षमा एमाले, एउटामा काँग्रेस र एउटामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

बेनी नगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेस र माओबादी केन्द्रबीच तालमेल गरिएको थियो भने एमालेले राप्रपासंग तालमेल गरेको थियो ।

एमालेको बलियो आधार मानिएको बेनी नगरपालिकामा तालमेलबाट मेयरमा जित्न काँग्रेसलाई ठूलो मदत पुगेको बिश्लेषकहरु बताउँछन् । माओबादी केन्द्रको मतले मेयरमा जित्न श्रेष्ठलाई ठूलो मदत पुग्न गए पनि सोहीअनुसार माओबादी केन्द्रकी उम्मेदवार ज्योतिलाई काँग्रेसको मत इमान्दारीपूर्वक खस्न सकेन । कांग्रेसी मतदाताको बेईमानीले गर्दा उपमेयरमा राप्रपाकी सञ्जुलाई फाइदा पुग्न गएको जिल्लाको राजनीति वृत्तमा अहिले चर्चा छ ।

म्याग्दी काँग्रेसले बेनी नगरपालिका, मंगला गाउँपालिका र धौलागिरी गाउँपालिकामा माओबादी केन्द्रसंग तालमेल गरेर निर्वाचनमा गएको हो । एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीमा अन्य गाउँपालिकाहरुको निर्वाचनको परिणामहरु पनि धमाधम आउन थालेका छन् ।

जसअनुसार मालिका गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका श्रीप्रसाद रोका २ हजार ७ सय ६ मत लिएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका बेगप्रसाद गर्बुजाले २ हजार ६ सय २२ मत लिएका थिए । मालिकाको उपप्रमुखमा भने एमालेकी खरमाया बिटालुले २ हजार ६ सय ९१ मत लिएर बाजी मारेकीछिन् । उनकी प्रतिस्पर्धी काँग्रेसकी विमला रोकाले २ हजार ६ सय ६४ मत प्राप्त गरेकीथिईन् ।

यसैगरी अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका डमबहादुर पुन बिजयी हुनुभएको छ । अध्यक्षमा निर्वाचित पुनले ३ हजार ३ सय २० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नारायण पुनले ३ हजार १ सय २७ मत ल्याउनुभएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसकी केशमाया मगरले ३ हजार २ सय ४५ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी एमालेकी दुर्गादेवी पाईजाले ३ हजार १ सय ८६ मत पाउनुभएको छ ।
यसपटकको स्थानीय निर्वाचनको प्रारम्भिक नतिजालाई हेर्दा जिल्लाभरि नै नेपाली कांग्रेस र एमालेबिच कडा प्रतिस्पर्धा देखिएको छ । झिनो मतको अन्तरले हारजित देखिएको छ भने माओबादी केन्द्र तेश्रो शक्तिमै देखिएको छ । ***

तपाईको प्रतिक्रिया