Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं सुर्खेतका २ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएका छन् । बराहताल गाउँपालिका र चिङगाड गाउँपालिकामा कांग्रेस विजयी भएको हो । बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तेजबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँले ३२३१ मत ल्याएर बिजयी भएको हो ।

उनका प्रतिद्धन्द्धी एमालेका ताराकेशर गौतमले २९६४ मत प्राप्त गुर्नभएको छ । यस्तै माओवादी केन्द्रका बल बहादुर कठायत १९८४ मत प्राप्त गुर्नभएको छ ।  उपाध्यक्षमा पनि कांग्रेसकै शोभाकुमारी शर्मा ३३२२ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्द्धी एमालेकी आशा थापाले ३२०० मत ल्याउनुभएको छ । १० वटा वडा रहेको यो गाउँपालिकामा ४ वटा वडामा कांग्रेस, ३ वटामा एमाले, २ वटामा माओवादी केन्द्र र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन ।

यस्तै चिङगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवबहादुर चन्द विजयी हुनुभएको छ । उहाँले २९४९ मत ल्याउनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्दी एमालेका बखतबहादुर खत्रीले २३८५ मत प्राप्त गुर्नभएको छ ।  यस्तै उपाध्यक्षमा पनि कांग्रेसका मनमाया आचार्यले २८७७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी एमालेकी दीपा कुमारी रानाले २४१४ मत ल्याउनुभएको छ ।

अहिले मतगणना चलिरहेका ७ मध्ये तीन वटा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिईरहेको छ ।

तपाईको प्रतिक्रिया