Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – धादिङ, जेठ ३ – धुनिबेसी नगरपालिकाको मेयरमा नेकपा एमालेका बालकृष्ण आचार्य विजयी हुनुभएको छ । उहाँ ६ हजार ६ सय ४४ मत ल्याएर नगरपालिकाको मेयरमा विजय हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिपक लामिछानेले ४ हजार ३ सय ३४ मत प्राप्त गर्नुभएको छ । त्यस्तैगरी उपमेयरमा नेकपा एमालेकै निरु खरेल ६ हजार ६ सय १ मत ल्याएर विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका माधव पाण्डेले ४ हजार ३ सय ३७ मत प्राप्त गर्नुभएको छ ।

धुनिबेसी नगरपालिकामा २० हजार ९ सय ७२ जना मतदाता रहेकोमा १५ हजार ८ सय ४२ ९७५।४९० मत खसेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

तपाईको प्रतिक्रिया