Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – दोलखाको वैत्यश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छवी लामा विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऋषिकेश उप्रेतीसँग २ हजार १ सय ५० मत अन्तरले विजयी हुनु भएको हो ।

लामाले ७ हजार १ सय ७९ मत ल्याउनु भएको छ भने एमालेका उप्रेतीले ५ हजार २९ मत ल्याउनु भएको छ । यसैगरी उपाध्यक्षमा कांग्रेससँग चुनावी तालमेल गरी चुनावी मैदानमा उत्रनु भएका नेकपा माओवादीका केन्द्रका रविचन्द्र आचार्य विजयी हुनु भएको छ ।

आचार्य प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्तिमाया तामाङसँग ३ हजार १ सय ९ मत अन्तरले विजयी हुनु भएको हो । आचार्यको ७ हजार ५ सय ५२ मत आएको छ भने एमालेका तामाङले ४ हजार ४ सय ४३ मत ल्याउनु भएको छ ।

तपाईको प्रतिक्रिया