Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

नुवाकोट – स्थानीय तह चुनावको मतगणना भइरहँदा अहिलेसम्म नुवाकोटमा ३७ वडाको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसको १६ वटा वडामा अध्यक्षमा विजयी भएको छ । नेकपा एमाले १४ वटा वडामा विजयी भएको छ  भने नेकपा माओवादी केन्द्रले ७ वटा वडामा वडा अध्यक्ष जितेको छ ।

नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षहरुमा तादी–१ वडा अध्यक्षमा नकुरदोङ तामाङ, तादी–४ मुक्तबहादुर श्रेष्ठ, किस्पाङ–२ मा देवनाथ भट्ट, किस्पाङ–३ मा अमृतबहादुर तामाङ, किस्पाङ–५ मा नरहरि भट्ट, तारकेश्वर–६ मा ज्ञानेन्द्र लामा, दुप्चेश्वर–१ मा सुनबहादुर तामाङ, दुप्चेश्वर–३ मा धु्रबकर केसी, दुप्चेश्वर–४ इरमान तामाङ, मेघाङ–२ मा रुपबहादुर तामाङ, विदुर–२ मा विरेन्द्रकुमार शाही, विदुर–३ मा बद्री रिमाल, लिखु–१ मा नरहरी पाण्डे, सूर्यगढी–२ मा बासुदेव अधिकारी, शिवपुरी–१ मा महेन्द्रराज खत्री, शिवपुरी–२ मा रुद्रबहादुर गुरुङ विजयी हुनु भएको छ ।

नेकपा एमालेको तर्फबाट वडा अध्यक्षहरुमा विदुर–१ मा लेनिन रन्जित, विदुर–४ मा टलकमान श्रेष्ठ, तारकेश्वर–५ मा चुडामणि गजुरेल, तारकेश्वर–४ मा राममणि अधिकारी, दुप्चेश्वर–५ मा सन्तबहादुर तामाङ, तादी–३ मा मनोज उप्रेती, बेलकोटगढी नपा–१ मा सुब्बा तामाङ, बेलकोटगढी–२ मा रमेश न्यौपाने, ककनी–१ मा चन्द्रबहादुर बलामी, मेघाङ–१ मा दलसिंह तामाङ, किस्पाङ–४ एकराज घले, लिखु–२ को भीमबहादुर घले, लिखु–३ मा भोला सेढाई, पन्चकन्या–२ मा धु्रवप्रसाद मिश्र विजयी हुनु भएको  छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षहरुमा तादी–२ मा बच्चुराम तामाङ, किस्पाङ–१ मा आइत घले, दुप्चेश्वर–२ मा दाबा तामाङ, सूर्यगढी–१ मा इमानसिंह तामाङ, बेलकोटगढी नपा ३ मा जनक घिमिरे, बेलकोटगढी–४ मा चन्द्रबहादुर लामा , तादी–५ मा विष्णु अधिकारी विजयी हुनु भएको छ । नुवाकोटमा १२ वटा स्थानीय तहमा ८८ वटा वडा रहेको छ । किस्पाङ गाउँपालिकाको अन्तिम परिणाम आइसकेको छ भने ११ वटा तहमा मतगणना कार्य जारी रहेको  छ ।

तपाईको प्रतिक्रिया