Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – ललितपुरको गोदावरी नगरपालिकामा एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका श्यामकृष्ण सिलवाल ६ हजार ४ सय ४६ मतसहित अगाडि हुनुहुन्छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका गजेन्द्र महर्जनको ५ हजार २ सय ४६ मत छ ।

यस्तै, ललितपुरको बाग्मती गाउँपालिकामा मतगणना भइरहेको छ । कांग्रेसका वीरबहादुर लोप्नच १ हजार ७ सय ४९  मत सहित अगाडि हुनुहुन्छ । उहाँका प्रतिद्वन्द्वी एमाले दुर्गाप्रसाद घिमिरेले ८ सय ३० मत ल्याउनु भएको छ ।

महालक्ष्मी नगरपालिका एमालेले अग्रता लिएको छ । एमालेका रामेश्वर श्रेष्ठ २५ सय ८२ मत खसेको छ । कांग्रेसका महेश खडेकाले १ हजार ४ सय ८४  मत ल्याउनु भएको छ ।

तपाईको प्रतिक्रिया