Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । बुधबार बिहान सम्पन्न मतगणना अनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर लामा विजयी हुनुभएको हो ।

लामाले दुई हजार ५ सय ६८ मत ल्याएर विजयी हुनु भएको हो । उहाका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेमा वीरबल तामाङले १ हजार ६ सय ६५ मत ल्याउनु भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकी मायादेवी न्यौपाने दुई हजार ३ सय ९४ मत ल्याएर विजयी हुनु भएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी मेनचुङ तामाङले १ हजार ८ सय ४ मत ल्याउनु भएको छ । डा अध्यक्षहरुमा वडा नं. १ मा नेकपा माओवादी केन्द्रका आइत घले विजयी हुनुभएको छ ।

वडा नं. २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका देवनाथ भट्ट विजयी हुनुभएको छ । वडा नं. ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका अमृतबहादुर तामाङ निर्वाचित हुनुभएको छ । वडा नंं ४ को वडा अध्यक्षमा नेकपा एमालेका एकराज घले विजयी हुनुभएको छ ।

वडा नं. ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नरहरि भट्ट विजयी हुनु भएको किस्पाङ निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र लामिछानेले जानकारी दिनु भयो । नुवाकोटमा १२ वटा स्थानीय तह रहेकोमा अन्य तहहरुमा भने गणना कार्य जारी छ ।

तपाईको प्रतिक्रिया