काभ्रे – काभ्रेको खानीखोला गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेद्वार कृष्ण खुलाल विजयी हुनुभएको हो । गाउँपालिकाका सात वडा मध्ये चारमा एमाले, दुईमा माओवादी केन्द्र र एकमा कांग्रेस विजयी भएको छ ।
अध्यक्ष
विजयीः कृष्ण खुलाल (एमाले)
निकटतम प्रतिद्वन्द्वीः इन्द्रबहादुर थिङ (माओवादी)
उपाध्यक्ष
विजयीः रुकमिणी गुरुङ (एमाले)
निकटतम प्रतिद्वन्द्वीः विष्णुमाया मोक्तान (माओवादी)