सल्यान – सल्यानको शारदा नगरपालिकाको मतगणना स्थगित भएको छ । शारदा नगरपालिका–४ को मतगणना पारदर्शी नभएको भन्दै एमाले माओवादी र राप्रपाले विरोध गरेपछि मतगणना स्थगित भएको हो ।
मतगणना र अभिलेखिकरणमा ४० मतको अन्तर भएको भन्दै उनीहरुले फेरि मतगणना गर्नु पर्ने माग गरेका छन् ।