चितवन – चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर माओवादीको तर्फबाट उम्मेद्वार बन्नुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञावालीले अग्रता लिनुभएको छ ।
भरतपुर महानगरपालिकामा एक लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । अहिलेसम्म मेयरमा एमालेका देवी ज्ञवाली २२५७ मतका साथ अगाडि रहेका छन् । उहाँले दाहाललाई ६८० मतले पछि पार्नुभएको छ ।
मेयर
- (एमाले) देवी ज्ञवालीः २२५७
- (माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः १५७७
उपमेयर
- (माओवादी–कांग्रेस गठबन्धन) पार्वती शाह ठकुरीः १८२५
- (एमाले) दिव्या शर्मा आचार्यः १४१२