Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं  – मकवानपुरको इन्द्रसरोबरमा मतदान गर्न लाइन बसेका एक युवकको मृत्यु भएको छ । आज बिहान भोट हाल्न सिस्नेरीमा रहेको बत्सलादेवी मावि आएका इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ का २२ वर्षिय वीरमान पाख्रीनको मृत्यु भएको हो ।

मतदाता नम्बर १५८८२७३२ रहेका उनलाई पेट दुःखेको र शौचालय गएपछि बेहोस भएर ढलेका थिए । त्यसपछि उनलाई उपचारको लागि सिस्नेरीमा रहेको स्वास्थ्य चौकि लगेको र त्यहाँ पुग्ने वित्तिकै मृत्यु भएको मृतकको भाइ श्रीमान पाख्रीनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया