Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – स्थानीय तह निर्वाचनको मतदान सकिए लगतै मतगणना सुरु हुने भएको छ । अहिले ३४ जिल्लामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो । काठमाडौं महानगरपालिकाले पनि आजै बेलुकाबाट मतगणना गर्ने बताएको छ । निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ ।

जसअनुसार वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलिक्ष्त सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया