Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सन् २०१८ को अप्रील सम्ममा पहिलो एयरबस आउने गरि नेपाल वायु सेवा निगमले अमेरिकी कमपनी एएआरसँग सम्झौता गरेको छ । आज भएको सम्झौतामा पहिलो विमान २०१८ को अप्रील सम्ममा आउने गरि सहमति भएको छ भने दोस्रो विमान चाहिँ २०१८ कै मे महिना सम्ममा आउनेगरि सम्झौता भएको छ ।

नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारका अनुसार दुई वटा विमान दुई सय ९ दशमलब ६ मिलियन अमेरिकी डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको छ । गत माघ १४ गते निगम र एएआरबीच जहाज खरिदको समझदारी भएको थियो ।

पहिलो चरणमा निगमले खरिदाका लागि बैना रकम समेत पठाएको छ । वायुसेवा निगमले एयरबसको वाइडबडी ‘ए ३३०–२००’ जहाज खरिद गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया