Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – उदासीनता रोकौं : खुलेर कुरा गरौँ” भन्ने मूल नारासाथ आज विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले मानसिक रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रमसाथ विश्व स्वास्थ्य दिवस मनाउन लागिएको जानकारी दिएको छ ।

राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले यो वर्ष मानसिक रोगलाई प्राथमिकता राखेर विश्व स्वास्थ्य दिवस मनाउन लागिएको जानकारी दिनुभयो । निर्देशक खड्काले नसर्ने रोगको कारकतत्व मानसिक स्वास्थ्य भएकोले उदासीनता रोगलाई प्राथमिकताका दिएको जानकारी दिँदै मन्त्रालयले मानसिक रोगसँग सम्बन्धित सरोकारवालाहरूसँग अन्तक्र्रिया आयोजना गरेको बताउनुभयो ।

उहाँले विश्व स्वास्थ्य दिवसले मानसिक स्वास्थ्यबारे विश्वको ध्यान आकृष्ट गराउन खोजेको जानकारी दिँदै नेपालमा पनि ७० प्रतिशतलाई मानसिक रोगसम्बन्धी कुनै न कुनै समस्या भएको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । सन् १९५० बाट विश्व स्वास्थ्य दिवस मनाउन सुरु गरिए पनि नेपालमा भने सन् १९९५ देखि विश्व स्वास्थ्य दिवस मनाउन थालिएको हो । हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया