गोरखा – राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्यका समन्वय समिती ठमेलले गोर्खामा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
समाज परिवर्तन र विकाशको आधार, सामाजिक कार्यक्रममा पनि लोक दोहोरी कलाकार भन्ने मुल नाराको साथ गोर्खाको गाँखुमा रहेको एक विद्यालयलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको पुर्वसन्ध्यामा २१ गते कालाकारहरुविच मैत्रीपुर्ण फुटबल प्रतियोगिता समेत हुने भएको छ ।
गोर्खा जिल्लाको गाँखु गाविस वडा नं. १ मा रहेको नामरुङ निम्न माध्यामिक विद्यायलयको छात्रवृत्ती स्थापना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको उपत्यका समन्वय ठमेल समितिका उपाध्यक्ष तथा गायक एंव सगिंतकार डोलराज बारघरे मगरले जानकारी दिनुभयो ।
यही माघ २२ गते गोर्खा सदरमुकाममा हुने उक्त सांस्कृतिक कार्यक्रममा नेपाली चर्चित तथा ख्यातिप्राप्त कलाकार रामजी खाँड, मुनाथापा, पशुपती शर्मा, राजन गुरुङ, कोपिला गुरुङ, शंकर विसी, पार्वती राई, राजु ढकाल, देबि घर्तिमगर, जमुनासनम, शान्तिश्री परियार, चन्द्रशर्मा, शिब हमाल, नारायण रायमाझी, सम्झना भणडारी,बद्री पङेनी, प्रेम अर्याल, कलाकारहरुको बेजोड प्रस्तुती रहने जनाइएको छ ।
जम्मा १५० विद्यार्थी रहेको नामरुङ निम्न माध्यामिक विद्यायलयमा अध्ययनरत आधा विद्यार्थीहरुको निम्न आर्थिक अवस्था रहेकोले निम्न आर्थिक अवस्था रहेका र जेहेन्दार विद्यार्थीहरुलाई पढाई निरन्तरता तथा प्रोत्साहनको लागी छात्रवृत्तीको आबश्यकता पर्ने भएकोले आफुहरुले कार्यक्रमको आयोजना गरी कार्यक्रममा संकलन हुने रकमले सो विद्यालयको लागी छात्रवृत्ती कोष स्थापना गर्ने डोलराज मगरले जानकारी दिनुभयो ।
उक्त कोषको स्थापनामा आफुहरुले सहयोग गर्ने भएपनी छात्रवृत्ती कोष निरन्तरताको लागी जोसुकैले सहयोग गर्न सक्ने पनि उहाँले बताउनु भयो । गत सालको भुकम्पले विद्यालयको भवन भत्किएपछि हाल युनिसेफको सहयोगमा बनाईएको अस्थायी टहरामा बसेर पढ्न विद्यार्थी बाध्य छन् ।