Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बागलुङ – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले नेपाल बैंक लिमिटेड, गलकोट शाखाको आज एक समारोहबीच उद्घाटन गर्नुभयो । सशस्त्र द्वन्द्वमा विस्थापन भएपछि सो शाखा हालै मात्र पुनःस्थापन भएको हो ।

उक्त अवसरमा उपप्रधानमन्त्री महाराले मुलकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताउँदै बैंक तथा वित्तीय संस्थालाई ग्रामीणमुखी हुनपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री महाराले ‘मुलुकको आर्थिक समृद्धिका लागि बैंक तथा वित्तीय संस्था महत्वपूर्ण आधार हुन’ भन्दै विगतको द्वन्द्वले बन्द हुन पुगेका सबै वित्तीय संस्थालाई पुनःस्थापना गरिने स्पष्ट पार्नुभयो ।

संसद्को प्रक्रियामा छिरेको संविधान संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गर्दै उहाँले सङ्घीय संरचना कार्यान्वयनमा आउनसाथ मुलुकको विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया