Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – गणेश हिमाल पर्यटन विकास समितिले रुवी भ्याली मिडिया एम्बास्डरमा पर्यटन अभियानका सम्पादक शिव श्रेष्ठलाई चयन गरेको छ । समितिको ‘पाँचौं  वार्षिक साधारण सभा तथा गणेश हिमाल स्मारिका विमोचन’ समारोहमा श्रेष्ठलाई सो जिम्मेवारी दिइएको हो । रुवि भ्याली क्षेत्रको पर्यटन प्रर्वद्धन र विकासमा निरन्तर योगदान पुर्याउदै आउनु भएका श्रेष्ठलाई एक वर्षको लागि सो जिम्मेवारी दिइएको हो । पर्यटन क्षेत्रमा निरन्तर एक दशकदेखि कृयाशील श्रेष्ठ अल थ्री मिडिया घरका निर्देशक समेत हुनुहुन्छ । पर्यटनन्यूज डटकमका समेत सम्पादक हुनुहुन्छ ।

सो अवसरमा विभिन्न पर्यटन व्यवसायीहरुलाई समेत सम्मान गरिएको थियो । जस्मा रमेश धमला, ज्योति अधिकारी, राजेन्द्रप्रसाद सापकोटा, रामेश्वर सापकोटा, ठाकुरराज पाण्डे, पम्फा धमला, आशा गुरुङ, राजन सिंखडा, रुपचन्द्र गुरुङ लगायत रहेका छन् । उनीहरुलाई पर्यटन व्यवसायी सम्मान–२०७३ बाट सम्मान गरिएको हो । त्यस्तै, समारोहमा रुवी भ्याली क्षेत्रमा धेरै पर्यटक पठाउने माउन्टेन डिलाइनका प्रबन्ध निर्देशक कमल सापकोटा, अर्थबाउन्ड एक्सपिडिशनका प्रबन्ध निर्देशक राजन सिंखडा र हिमालयन इकोलोजिकलका प्रबन्ध निर्देशक रुपचन्द्र गुरुङलाई पनि सम्मान गरिएको थियो । सोही समारोहमा टुरिजम पायनियरका रुपमा हरि रिमाल र हरि धरेललाई सम्मान गरियो ।

गणेश हिमाल पर्यटन पत्रकारिताबाट भने दिपक कोइराला र योगेन्द्र तामाङलाई नगद सहित सम्मान गरिएको थियो । समितिले गणेश हिमालको पर्यटन विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेका विभिन्न सञ्चारमाध्यामका सञ्चारकर्मीहरुलाई समेत सम्मान गरेको थियो । गणेश हिमालले धादिङको पर्यटन विकासमा ठूलो सहयोग पुगेको व्यवसायीले बताएका छन् । कार्यक्रमका सहभागिले धादिङको पर्यटकको मुख्य आकर्षणको केन्द्रविन्दु गणेश हिमाल र रुवी भ्याली रहेको बताएका हुन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्राकृतिक सम्पदाले धनी देश नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पर्यटन क्षेत्रको ठूलो महत्व रहेको बताउनुभयो । धादिङका सांसद परशुराम तामाङले पूर्वाधारको विकास गर्नसकेमात्र पर्यटनको विकास सम्भव हुने बताउनुभयो । समितिको पाँचौ बार्षिक साधारणसभाले तेज गुरुङको अध्यक्षतामा नयाँ कार्यमिति समेत चयन गरेको छ ।

तपाईको प्रतिक्रिया