Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार र नयाँ विमानस्थल निर्माण नभए नयाँ विमान राख्ने ठाउँ पनि नहुने जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको र समयमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल नबने नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको र हिमालय एअरलाइन्सले खरिद गर्न लागेको विमान राख्न पनि ठाउँ अभाव हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले हालसम्मको उपलब्धिबारे जानकारी गराउन बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा महानिर्देशक सन्जीव गौतमले यही अवस्थामा नयाँ विमान राख्ने ठाउँ नै नहुने बताउनु भयो । वायुसेवा निगमले थप दुईओटा विमान थप्दैछ भने हिमालय एअरलाइन्सले पनि विमान थप्ने भनेको छ ।

‘यस्तै अवस्थामा विमानस्थल विस्तार र नयाँ नभएसम्म विमान राख्ने ठाउँ पनि हुँदैन’–उहाँले भन्नुभयो । भैरहवा र पोखरा विमानस्थल समयमै बन्ने आशा पनि उहाँले व्यक्त गर्नु भयो ।

प्राधिकरणले हालसम्म ३८ ओटा देशसँग हवाई सम्झौता भएको, २८ ओटा अन्तर्राष्ट्रिय विमानले नेपालमा हवाई सेवा दिँदै आएको र १९ ओटा आन्तरिक हवाई सेवा कम्पनी दर्ता भएको जनाएको छ । यस्तै, ६ ओटा आन्तरिक एअरपोर्ट निर्माणको चरणमा रहेको, तीनओटा कालोपत्रे भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया