Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न सुझाव दिदैं दरबार हत्याकाण्डको छानविन गरेर सत्यतथ्य बाहिर ल्याउने भन्दै घुमाउरो भाषामा धम्की दिएका छन् । 

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने,‘उनी धेरै नबोले हुन्छ, जति बोल्छन् झनै धेरै दुःख पाउँछन्, चुप लागेर बसून, त्यही राम्रो हुन्छ ।’ ‘पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्तीमा त्यस्तो केही हैन, उनले धमिलो पानीमा तीर हानेर माछा मार्ने सोचेका होलान तर त्यस्तो केही हुँदैन’, प्रधानमन्त्री दाहालले ज्ञानेन्द्रलाई सुझाव दिंदै भने ।

दाहालले दरबार हत्याकाण्डको उच्चस्तरीय छानविन हुनुपर्ने बताए ।उनले दरबार हत्याकाण्डलगत्तै आफूहरुले उच्चस्तरीय निष्पक्ष छानविन गरेर सत्यतथ्यबाहिर ल्याउनु पर्ने माग गर्दै आएको भन्दै अझै पनि त्यही मान्यतामा रहेको बताए ।

मन्त्रिपरिषदमा गृहमन्त्रीले दरबार हत्याकाण्ड छानविनको कुनै प्रस्तावकै रुपमा नल्याएको उनको दावी थियो ।

तपाईको प्रतिक्रिया