Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – सर्वोच्च अदालत परिसर सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छक्याउँदै बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दलिएको छ ।

परिसरमा सुरक्षामा ७५ जनाभन्दा बढी न्यायिक प्रहरी खटिएका थिए । कार्कीकै सुरक्षामा सादा पोसाकमा अख्तियारबाट खटिएका दर्जन बढी सुरक्षाकर्मी समेत उनीमाथि भएको आक्रमणमा केही समय रमिते बने । 

यसरी दलियो कालोमोसो
लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दाको बिहीबारको बहस सकिएपछि न्यायाधीशहरु घरतर्फ जाँदै थिए । सर्वोच्च परिसरमा केही कानुन व्यवसायी, कर्मचारी र विभिन्न सञ्चारमाध्यमका पत्रकार कार्कीको प्रतिक्षामा थिए ।

अपराह्न चार बजिसकेकाले सबैका आँखा मूल प्रवेशद्वारतिरै थिए । त्यत्तिकैमा कार्की कालो सिसा लगाइएको बा १३ च ८५८६ नम्बरको सेतो कारमा सर्वोच्च परिसर छिरे । उनी गार्डसहित कारबाट झरेर सरासर तामेल तारेख बुझ्ने ८ नम्बर शाखातर्फ लागे । सर्वोच्चका कर्मचारी र अन्यले कार्कीलाई नमस्कार पनि गरे । कार्की जब शाखाको प्रवेशद्वार पुगे, उनलाई दुई अपरिचित व्यक्तिले घेरा हाले र कालोमोसो प्रहार गरे ।

कालोमोसो कार्कीको देब्रे गालामा लाग्यो । त्यसपछि झटपट उनी ८ नम्बर शाखाभित्र छिरे । अनुहारमा लागेको कालो पखाल्न ज्वाईं प्रबल थापाले गिलासमा पानी लगिदिए । शाखाभित्रै कार्कीले हल्का मुख धोए र तारेख बुझे । कार्कीलाई कालोमोसो प्रहार गरेलगत्तै ती दुई जनाले ‘भ्रष्टाचारी मुर्दावाद, ज्यानमारा मुर्दावाद र नेकपा माओवादी जिन्दावाद’ भन्ने नारा लगाए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया