Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपालमा सरकारी कार्यालय कति समय चल्छन् ? बिहान १० देखि साँझ ५ बजेसम्म । स्वास्थ्यचौकी भने दुई बजे नै बन्द भइसक्छन् ।

अस्पतालमा ओपिडी सेवा पनि यत्ति नै समय चल्छ किन ? कानुनले नै स्वास्थ्य संस्थालाई यस्तो उन्मुक्ति दिएको भने होइन ।

सरकारले ओपिडी पुरा समय खोल्ने वातावरण बनाउन पहल नगर्दा र तोकिएको सेवासुविधामा बढी समय सेवा दिन सस्थ्यकर्मी र चिकित्सकले अटेर गर्दा यस्तो अवस्था आएको हो । अब भने सरकार कडा रुपमा प्रस्तुत भएको छ ।

स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै  स्वास्थ्य संस्था  तोकिएको समयसम्म खोल्न अटेरी गर्नेमाथि प्रचलित सबै कानुनअनुसार कारबाही गर्नसमेत सहयोग मागेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत २३ को घोषणामै यो विषय राखेका थिए । त्यसलाई कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले तीन महिनायता तेस्रोपटक मंगलबार फेरि अर्को निवेदन पठाएको हो ।

चिकित्सकले भने सरकारले तोकेको समयमा ओपिडी चलाउँदा तोकिएको भन्दा बढी समय सेवा दिनुपर्ने भन्दै अतिरिक्त समयको थप पारिश्रमिक माग गरेका छन् ।

तपाईको प्रतिक्रिया