Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – ट्रान्स एसियन रेल्वे लाइनको चित्रमा नेपाल अहिले देखिँदैन । तर ट्रान्स एसियन रेल्वे लाइन नेटवर्कले नेपाललाई ‘मिसिङ लाइन’ को रुपमा गणना गरेको छ ।

अहिले हाम्रोमा रेलमार्ग नभएका कारण नेपाल मिसिङ लाइनको रुपमा देखिन्छ,’रेलविभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताउनुभयो ।

‘भोलि सिंगापुर र युरोपका रेल नेपाल आउने स्थितिमा पनि ती रेलहरु गुड्न मिल्ने गरी हामीले संरचना तयार गर्दैछौँ,’ उहाँले भन्नुभयो । पहिलो समय विश्वका धेरैजसो मुलुकहरुले रेलमार्गलाई अन्तर्राष्ट्रिय रेल सञ्जालमा विस्तार गरिरहेका छन् ।

यसै आधारमा ट्रान्स एसिया रेल्वे नेटवर्कलाई सिंगापुर–कम्बोडिया–थाइल्याण्ड–म्यानमार–बंगलादेश–भारत–नेपाल–भारत–पाकिस्तान–अफगानिस्तान–इरान हुँदै युरोपसम्म जोड्न सकिने उहाँको भनाई छ ।

सिंगापुरबाट युरोपेली मुलुकमा समुद्री मार्गबाट वस्तु आयात–निर्यातमा करिब २ महिनासम्म लाग्ने गरेको छ । सिंगापुरदेखि नेपालको बाटो हुँदै युरो पुग्न मालबाहक रेललाई करिब ७ दिन नै काफी हुने अध्ययनहरुले देखाएका छन् ।

‘दुई सय किलोमिटर कुद्ने रेलका लागि हामीले संरचना बनाउनुको कारण पनि त्यही हो,’ उहाँ भन्नुहुन्छ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया