Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – पुनर्निर्माणका लागि करारमा नियुक्त ११ सय ५८ इन्जिनियर तथा प्राविधिक कर्मचारीले सामूहिक राजीनामा दिएका छन् ।

सरकारले माग पूरा नगरेको भन्दै उनीहरूले मंगलबार सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत राजीनामा बुझाएका हुन् ।

२२ मंसिरदेखि काम छाडेर आन्दोलनमा उत्रिएका प्राविधिकले इकाइ प्रमुख शिवहरि शर्मालाई राजीनामा बुझाएका छन् । सरकारले कुल २७ सय इन्जिनियर र प्राविधिकलाई पुनर्निर्माणको काममा खटाएको छ ।

११ जिल्लामा खटिएका १९ सय २९ मध्ये करिब ७० प्रतिशतले राजीनामा दिएको एक इन्जिनियरले बताए । तर, काठमाडौं, भक्तपुर र ललितपुरमा खटिएका प्राविधिकले भने राजीनामा दिएका छैनन् ।

राजीनामा गर्नेको संख्या १३ सय भए पनि केही जिल्लाबाट पठाइएको राजीनामा काठमाडौं नआइपुगेको ती इन्जिनियरले बताए । काठमाडौंमा उपलब्ध प्राविधिकले इकाइमा पुगेरै राजीनामा दिएका थिए ।

इकाइको बबरमहलमा रहेको कार्यालयमा प्राविधिकको भीड लागेको थियो । सरकारले दुई दिनको तालिम दिएर गत वैशाखबाट उनीहरूलाई काममा खटाएको थियो । प्राविधिकलाई दिइएको आठबुँदे कार्यादेश दिइएको छ ।

पहिल्यै काम छाडेका थिए २५० प्राविधिकले

पुनर्निर्माणमा खटाइएका २७ सय प्राविधिकमध्ये करिब दुई सय ५० जनाले भने पहिले नै काम छाडिसकेका छन् । काममा रहेका बाँकी प्राविधिकले गत असोजमा पनि आन्दोलन गरेका थिए । त्यतिवेला भएको सहमति पनि कार्यान्वयन नभएको उनीहरूको दाबी छ ।

तपाईको प्रतिक्रिया