Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनका लागि ल्याइएको प्रस्तावले सिङ्गोे सङ्घीय गणतन्त्रात्मक प्रणाली कार्यान्वयनमा सघाउ पुर्याउने भएकाले अवरोध गर्न नहुने बताउनुभएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उपप्रधानमन्त्री तथा गृह मन्त्री निधिले गोरखापत्रसँग सोमबार कुराकानी गर्दै भन्नुभयो, “संविधानमा असहमति राख्ने पक्ष तथा समुदाय पनि संशोधन प्रस्ताव पारित भएपछि त्यसलाई स्वीकार गरी सहमतिमा आउने अवस्था भएकाले यो राष्ट्रिय हितका पक्षमा छ र यसले संविधान कार्यान्वयनलाई सहज बनाउँछ । ”

संसदीय पद्धतिमा संसद्मा आएका प्रस्तावलाई ‘टेबल’ गर्न नदिनु भनेको लोकतन्त्र र राष्ट्रहितविपरीत रबैया भएको उललेख गर्दै उपप्रधानमन्त्री निधिले भन्नुभयो, “संविधान संशोधन प्रस्तावमा राखिएका नागरिकता, भाषा, सीमाङ्कन तथा राष्ट्रियसभाको प्रतिनिधित्वमा गरिएको नयाँ व्यवस्थाका बुँदा राष्ट्रिय हितमा छन् ।

” उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले हाल प्रस्तावित ५ नम्बर प्रदेशको सीमाङ्कन पहिले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको दस्तावेजअनुरूप नै भएको र अहिले आएर आफ्नै प्रस्तावको विरोध गर्नुको औचित्य नरहेको बताउनुभयो ।

संसदीय प्रणालीमा संसद् नै चल्न नदिई बिथोल्ने कार्य देश, जनता, लोकतान्त्रिक पद्धति कसैको हितमा नहुने बताउँदै मन्त्री निधिले थप्नुभयो, “यस्तो प्रवृत्तिले संसदीय अभ्यासलाई असफल बनाउँछ । ”

जिम्मेवार राजनीतिक दलले संसद् चल्न नदिनुभन्दा आफूलाई चित्त नबुझेको विषयमा संसद्मा नै गएर विपक्षमा मत हाल्नु उपयुक्त हुने बताउँदै उहाँले यस्तो कार्य र प्रवृत्तिले राष्ट्रहित नगर्ने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया