Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – लुटेको सुन लुकाउन जाँडसँगै निलेको एक लुटेरा अस्पतालमा जीवनमरणको दोसाँधमा रहेको । वीर असप्तालमा भर्ना गरिएका उनको छिनछिनको स्वास्थ्य अवस्थाको चासो काठमाडौँ प्रहरीले लिइरहेको छ ।

काठमाडौँमा केही दिनअघि भएको लुटपाटको घटनाका आरोपीले प्रमाण लुकाउन खोज्दा ज्यान जोखिममा परेको हो । प्रहरीका अनुसार कीर्तिपुर घर भइ हल्चोक बस्ने सुमन महर्जनले लुटेको लुई तोला सुनको सिक्री निलेका थिए ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुका अनुसार मंसिर १८ गते राति भएको लुटपाट घटनामा संलग्न आरोपमा पक्राउ परेका महर्जनले शुक्रबार राती जाँडको सितन बनाएर दुई तोला सुनको सिक्री निलेका थिए ।

कलंकीबाट पक्राउ परेका महर्जनबाट लुटपाट भएको मोबाइल र औँठी पनि फेला परेको थियो । सोधपुछ गर्दा उनले सिक्री निलेको बताएका थिए ।

मनमोहन मेमोरियल अस्पतालमा एक्से गराउँदा पेटमा सिक्री देखिएको थियो ।

तपाईको प्रतिक्रिया