Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमले जनाएको छ । ग्यासको मूल्य भने बढेको छैन ।

पेट्रोलको मूल्य ९७ रुपैयाँबाट बढेर अब १०१ रुपैयाँ ५० पैसा भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य ७७ रुपैयाँ ५० पैसा भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता भएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया