Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – भारतमा हिजो मध्यरातीदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ २१ पैसा तथा डिजलमा प्रतिलिटर एक रुपैयाँ ७९ पैसा मूल्य बढेको हो ।

मूल्य बढेसँगै राजधानी दिल्लीमा अब एक लिटर पेट्रोलको ६८.९४ भारु पुगेको इन्डियन आयल कर्पोरेशनले जनाएको छ । यस्तै एक लिटर पेट्रोलको मूल्य कोलकातामा ७१.५, मुम्बईमा ७५.२७ तथा चेन्नइमा ६८.४१ भारु पुगेको छ । यस्तै दिल्लीमा अब एक लिटर पेट्रोको मूल्य ५६.६८ भारु पर्ने छ ।

यसअघि डिसेम्बर एकमा पनि पेट्रोलको मूल्य बढेको थियो । पेट्रोल तथा डिजेलको मूल्य बढेसँगै विपक्षी नेतासहित धेरैले सरकारको आलोचना गरेका छन् ।

तपाईको प्रतिक्रिया