Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं  – शुक्रबार पनि सुनको भाउ घटेको छ । सुन शुक्रबार तोलाको ५१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको हो ।

गएको आइतबार तोलाको ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन अन्तिम दिन शुक्रबार ५१ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउमा कुनै घटबढ भएन । मंगलबार एक सय रुपैयाँ बढेर तोलाको ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार एक सय रुपैयाँ नै घटेर तोलाको ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसमा बिहीबार ५ सय रुपैयाँले घटेको सुनको भाउ शुक्रबार फेरि तोलामा ४ सय रुपैयाँले घटेको हो । यस्तै समग्रमा यो हप्ता चाँदीको भाउ २० रुपैयाँले घटेको छ । आइतबार ७ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया