Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – न्यौपाने बन्धु समाजले विमानचालक स्व दिनेश न्यौपानेलाई नारायण–ईश्वरी न्यौपाने समाजसेवा ओजस्वी पुरस्कार प्रदान गरेको छ । आफ्नो जीवन उत्सर्ग गरेर पनि जहाजमा सवार यात्रुलाई बचाउने वीरता, चिरस्मरणीय र गौरवशाली कार्य गरेबापत कदरस्वरुप उहाँलाई समाजले यहाँ आज आयोजित समारोहमा उक्त सम्मान पुरस्कार प्रदान गरेको हो ।

ljdfg rfnsnfO{ cf]h:jL k'/:sf/ cfkmgf] hLjg pT;u{ u/]/ hxfhdf ;jf/ ofq'nfO{ arfpg] jL/tf, lr/:d/0fLo / uf}/jzfnL sfo{ u/]jfkt Gof}kfg] aGw' ;dfhn] ljdfg rfns  lbg]z Gof}kfg]nfO{ zlgaf/ !! xhf/ !!! gub /fzLsf] gf/fo0f–O{Zj/L Gof}kfg] ;dfh;]jf cf]h:jL k'/:sf/ k|bfg u/]sf] 5 . pgsf] tl:a/;Fu} lktf dfgbQ, cfdf jL/nIdL / kTgL /hgL x'g'x'G5 . tl:a/ M gf/fo0f Gof}kfg], /f;;

पुरस्कारको राशि रु ११ हजार १११ नगद र सम्मानपत्र रहेको छ । समारोहमा नेपाली सेनाका पूर्व रथी बालानन्द शर्माले चालक न्यौपानेका पिता मानदत्त, आमा वीरलक्ष्मी र पत्नी रजनीलाई संयुक्तरुपमा उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो । गत फागुन १४ गते नेपालगञ्ज–जुम्ला उडानमा रहेको काष्ठमण्डप एयरलायन्सको 9NAJB विमानमा अचानक खराबी आएपछि कालिकोटको चित्खायामा आपत्कालीन अवतरण गराउने क्रममा चालक न्यौपानेको निधन भएको थियो ।

एउटा मात्र इन्जिन भएको उक्त जहाज आपत्कालीन अवतरण गराउँदा त्यसमा सवार नौ यात्रु घाइते भएका थिए । सो दुर्घटनामा को–पाइलट सन्तोष रानाको पनि निधन भएको थियो । यात्रुको जीवनरक्षाका लागि प्राण आहुति दिने कार्य गरेको भनी चालक दलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलो प्रशंसा भएको थियो ।

विसं २०४३ जेठ ३० गते डोल्पाको दुनैमा जन्मिएका न्यौपाने विद्यालयस्तरको पठाइको सिलसिलामा नेपालगन्ज जाने क्रममा चालकको पोसाक र आकाशमा उड्ने रहर राखेर विमान चालक बन्ने अठोट गरेका थिए । उनले अफ्रिकाबाट चालकसम्बन्धी उच्च शिक्षा हासिल गरेका हुन् ।

समारोहमा मुलुकभरका न्यौपानेका छोराछोरीमध्ये २०७२ सालमा सञ्चालन भएको उच्च माध्यामिक विद्यालयको वार्षिक अन्तिम परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याउने छात्र आभाष न्यौपाने र छात्रा रोशनी न्यौपानेलाई जनही रु ११ हजार १११ नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरियो ।

पूव सचिव एवम् समाजका अध्यक्ष वामनप्रसाद न्यौपानेले समाजको भवन निर्माण र वंशावली तयार गर्ने अठोट व्यक्त गर्नुभयो । पूर्व मन्त्री हरिप्रसाद न्यौपाने र चालकका पिता मानदत्तले आफू मरेर गए पनि विमानमा सवार यात्रुको ज्यान जोगाएर पुर्याएको योगदानको सर्वत्र प्रशंसा भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया