Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

महोत्तरी – महोत्तरीको दुई फरक ठाउँमा दुई जनाको शव फेला परेको छ । महोत्तरीको पडौल–६ मा महिला र पर्सापतैली–२ मा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पडौल–६ मा सुधिर यादवकी २१ वर्षिया श्रीमति अम्बिकाको शव आफ्नै घरमा फेला परेको हो । उनको मृत्युको कारण खुल्न नसकेको महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्राईले जानकारी दिनुभयो । अम्बिकाको शव अहिले पोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको छ ।

त्यसैगरी पर्साका पतौली–२ का आनन्द मिश्रको बगैंचामा अन्दाजी ६० वर्षका पुरुषको शव फेला परेको हो । उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया