Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा जातीय राज्य निर्माण गर्नुपर्दछ भन्नेहरुका माग कहिल्यै पूरा नहुने बताउनुभएको छ ।

madav kumar nepal

१ सय ३० भन्दा बढी जातजाति रहेको मुलुकमा जातीय राज्य निर्माण भए मुलुक सोझै विखन्डनतर्फ उन्मुख हुने भन्दै उहाँले यस्ता मागमा कुनै हालतमा सहमति जनाउन नसकिने जिकिर गर्नुभयो ।

आज काठमाडौंमा नेपाल बुद्धिजीवी परिषदले गरेको कार्यक्रममा एमाले नेता नेपालले अहिलेको अवस्थामा संविधान कार्यान्वयन गर्ने प्रमुख दायित्व दलहरुको रहेको भन्दै सहमतिको सरकार निर्माण गरी नयाँ संविधान कार्यान्वयनमा अघि बढ्नुपर्ने धारण राख्नुभयो ।

नेता नेपालले विगतमा ठूलो जोखिम मोलेर संविधान जारी गरिएकाले यो संविधान कार्यान्वयन गरी मुलुकमा जारी गतिरोध अन्त्य गर्ने दिशामा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया