Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं  – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले ३२ ओभरमा ८० रन बनाउँदा ७ विकेट गुमाएको छ । शरद भेषावकर ७१ बलमा १४ रन बनाएर आउट भए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालको पहिलो विकेट ज्ञानेन्द्र मल्ल ११ रन बनाएर बोल्ड आउट भए । यस्तै अनिल मण्डल ३९ बलमा २० रन बनाएर आउट भए । कप्तान पारस खड्का बिना रन आउट भएपछि नेपालको ब्याटिङ धर्मराएको छ । सागर पुन ७ रन र राजु रिजाल ३ रन बनाएर आउट भए । विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए ।

नेदरल्याण्ड्ससँगको खेलका लागि उसकै मैदान पुगेको नेपाली टोलीका लागि नेदरल्याण्ड्सको टिम र मैदान दुवै चुनौतीको रुपमा छन् । गएको बिहीबार भएको अभ्यास खेलमा नेपाली टोली नेदरल्याण्ड्स ‘ए’ सँग ८८ रनमै अलआउट हुनुले पनि शनिबारको खेल कठिन हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया