Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीषण आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

एमाले अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले संविधान कार्यान्वयन नगर्ने संगठित योजना अनुसार आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै भीषण आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो ।

नेकपा एमालेको केन्द्रीय पार्टी स्कुल विभागले शनिबार कठमांडौमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले कुनैपनि बेला आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताउँदै आफूले संविधान कार्यान्वयन गर्ने कार्यतालिका बनाएपछि त्यसबाट अत्तालिएर माओवादी र काँग्रेसले लोभ र पाप जगाई सरकार परिवर्तन गरेको आरोप लगाउनुभयो ।

उहाँले संविधान कार्यान्वयन गर्न नखोज्ने षड्यन्त्रका विरुद्ध पार्टीका सबै संयन्त्र परिचालन गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया