Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ । नेपालको पहिलो विकेट झरेको छ । ज्ञानेन्द्र मल्ल ११ रन बनाएर बोल्ड आउट भएका छन् । अनिल मण्डल र शरद भेषावकर अहिले ब्याटिङ गरिरहेका छन् ।

नेदरल्याण्ड्ससँगको खेलका लागि उसकै मैदान पुगेको नेपाली टोलीका लागि नेदरल्याण्ड्सको टिम र मैदान दुवै चुनौतीको रुपमा छन् । गएको बिहीबार भएको अभ्यास खेलमा नेपाली टोली नेदरल्याण्ड्स ‘ए’ सँग ८८ रनमै अलआउट हुनुले पनि शनिबारको खेल कठिन हुने देखिएको छ । घरेलु मैदान र अघिल्ला चार खेल जितेको मनोबल नेदरल्याण्ड्सको टोलीको बलियो पक्ष हो ।

तपाईको प्रतिक्रिया