Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनका नेतृत्वका आकांक्षीले कालो पर्दाभित्रबाट प्रतिनिधि छनौट गर्न लागेको भन्दै फर्जी प्रतिनिधि तत्काल खारेज नगरे महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा उनीहरुले विधि, विधान, प्रक्रिया र विद्यार्थीको अभिमत विपरित कालो पर्दाभित्र बसेर थप गरिएका कथित प्रतिनिधिको खारेजी र बन्दसत्र नगरी महाधिवेशन प्रक्रिया अगाडि बढाए आफूहरु सहभागी नहुने चेतावनी दिएका छन् ।

????????????????????????????????????

नेतृत्वको आकांक्षी समेत रहेका उनीहरुले महाधिवेशन सम्पन्न गर्ने नाममा अनशनको चक्रव्यूह रची विधि, विधान र प्रक्रिया एवं लोकतान्त्रिक मान्यता विपरित भएका उक्त घटना तथा गतिविधिप्रति खेद प्रकट गरेका छन् ।

कार्यक्रममा बोल्दै महामन्त्रीका प्रत्यासी मनोज वैद्यले बन्दसत्र नगरी हुलहुज्जत र बलमिच्याँईले महाधिवेशन सम्पन्न गर्न खोज्नु लोकतन्त्रको अवमूल्यन हुने उल्लेख गर्दै भन्नुभयो, ‘तमाम नेविसंघका साथीहरुको राय, सल्लाह र सुझाव नलिइकन बलमिच्याँई गरेर महाधिवेशन गर्नु लोकतन्त्रप्रतिको उपहास हो ।’

महामन्त्रीका अर्का प्रत्यासी तथा त्रिचन्त्र क्याम्पसका स्ववियु सभापति समेत रहेका विनयराम भट्टले थपिएका प्रतिनिधिलाई एउटै प्रदेशमा नराखी सबै क्षेत्रलाई समेट्नेगरि राख्नुपर्ने बताउँदै भन्नुभयो, ‘थपिएका प्रतिनिधिहरु कांग्रेस अथवा नेविसंघको क्रियाशिल सदस्य हुनुपर्छ, भएभरका आफ्ना मान्छे ल्याउने काम गर्नुहुँदैन् ।’ उहाँले यही ढंगले अघि बढे आफूहरु निर्वाचन बहिष्कार गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

महामन्त्रीका उम्मेद्धवार तथा वाल्मीकी क्याम्पसका स्ववियु सभापति रमेश रिजालले चुण्डले, मुण्डले, खलासी, डा«ईभर र आफन्तलाई फर्जी प्रतिनिधिमा मनोनयन गरेर नेविसंघ कब्जा गर्न खोजिएकोमा आपत्ति प्रकट गर्दै भन्नुभयो, ‘संगठनलाई कमजोर र धराशयी बनाउनेगरि विधि र विधान विपरित गरिने कार्य हामीलाई कुनै हालतमा स्वीकार्य छैन, हामी यसको सशक्त प्रतिकार गर्छौं ।’

सह–महामन्त्रीका प्रत्यासी अनुज चापागाँईले पनि हुलहुज्जत र बलमिच्याँई मार्फत फर्जी प्रतिनिधि भर्ना गरेर संगठन कब्जा गर्न खोजिएको भन्दै उक्त कार्य तत्काल बन्द नगरे आफूहरु चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

प्रदेश नं. ३ बाट उपाध्यक्षका प्रत्यासी राकेश श्रेष्ठले देशभरिबाट आएका सच्चा नेविसंघ नेता तथा कार्यकर्ताको मनोभावमा ठेस लाग्ने गरि गैरप्रजातन्त्रिक ढंगबाट फर्जी प्रतिनिधि चयन गर्न लागिएकोमा आपत्ति जनाउँदै आफूहरु संगठनको साख जोगाउनको लागि त्यसको विरोधमा सशक्त प्रतिकारमा उत्रिने चेतावनी दिनुभयो ।

सह–महामन्त्रीका प्रत्यासी सुशील तिमल्सिनाले महाधिवेशनको नाममा बन्द सत्र नै नगरी फर्जी प्रतिनिधि मनोनयन गरेर संगठनलाई धराशयी बनाउने काम भैरहेको उल्लेख गर्दै आफूहरु उक्त गैरप्रजातान्त्रिक अभ्यासको भण्डाफोरमा उत्रिने चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया