Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रूपमा भारत र चीन जान लागेका उपप्रधानमन्त्रीहरूले त्यहाँको उच्च नेतृत्वलाई भेट्ने भएका छन् । भारत र चीनका राजदूतहरूले विशेष दूतलाई उच्चस्तरको भेट गराइने आश्वासन परराष्ट्र मन्त्रालयलाई दिएका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले भारत र चीनका राजदूतहरूलाई शुक्रवार मन्त्रालयमा नै बोलाएर सरकारले विशेष दूत पठाउने निर्णय लिएको र भ्रमण टोलीको तयारीबारे औपचारिक जानकारी गराउनुभयो । चिनियाँ राजदूत उ छुन्थाईले सरकारको यो निर्णयप्रति खुसी व्यक्त गर्नुभयो । भारतीय राजदूत दिल्लीमा नै रहेका कारण कार्यवाहकको जिम्मेवारीमा रहेका नियोग उपप्रमुख विनय कुमार परराष्ट्र मन्त्रालय पुग्नुभएको थियो । उहाँले पनि सरकारको निर्णयप्रति खुसी व्यक्त गर्दै नेपालसँगको सम्बन्धलाई आफ्नो देशले महत्त्व दिइरहेको बताउनुभएको आजको कान्तिपुर दैनिकमा खबर छ । bimalendra-and-mahara

दुवैसँगको छलफलपछि मन्त्रालयले भदौ पहिलो साताभित्र दुवै मुलुकमा विशेष दूत जाने प्रायः निश्चित भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार निधि मंगलबारभित्र भारत जाने छन् भने महरा शुक्रवारभित्र चीन पुग्ने गरी तयारी अघि बढेको छ । विशेष दूतका रूपमा भारत जान लागेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले समकक्षी राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजसँग मात्र होइन, प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटसमेत पाउने गरी परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी अघि बढाएको छ ।

निधिको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप उचाइमा र्पुयाई असमझदारी चिर्दै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण तत्काल गराउन गृहकार्य अघि बढाइने जानकारी परराष्ट्रका अधिकारीले दिए । उहाँले नेपाल र भारतबीचमा अघि बढेका दुईपक्षीय सहकार्यहरूबारे समेत छलफल गर्नेछन् ।

प्रधानमन्त्रीको भ्रमणमा गरिने सहमति तथा सम्झौताका बारेमा प्रारम्भिक छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया