Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडाँ – चीन र नेपाल जोड्ने मुस्ताङस्थित कोरला नाका केही दिनका लागि फेरि खुल्ने भएको छ ।

वर्षमा दुईपटक नाका खुलाउने परम्पराअनुसार नै फेरि नाका खुला हुन लागको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिनुभएको आजको अन्नपूर्णमा खबर छ । ‘सीमाको गेट भदौ ४ गतेबाट खोल्ने भनिएको छ, अधिकारीले भने, ‘अहिलेचाँहि चिनियाँहरु आएर व्यापारिक मेलाका लागि स्टल बनाउँदैछन् । उनीहरूले गेट खोले पनि नेपाली र उताका स्थानीयको आउजाउ छैन ।’

उहाँका अनुसार भदौ ४ बाट दुई हप्ताका लागि गेट खोल्न दुईपक्षीय कुराकानी भएको थियो । मुस्ताङको लोमाथाङ गाविसका सचिव ज्ञानेन्द्र विष्टका अनुसार चिनियाँहरुले खबर गरेर यताका स्थानीयलाई किनमेलका लागि डाकेका छन् ।

हिउँद याममा हिउँकै कारण स्थानीयलाई हिँडडुलमा समस्या हुने हुँदा अहिल्यै खोलिएको गाविस सचिव विष्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया