Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै काठमाडौँ आइपुगेका नेपाल विद्यार्थी सङ्घका प्रतिनिधिले विधिसम्वत् महाधिवेशन हुनुपर्ने माग गरेका छन् । नेवि सङ्घको ११ औँ महाधिवेशनमा सहभागी हुन आएका विद्यार्थीले रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलनको आयोजना गरी पार्टी नेतृत्व आफैँले नेवि सङ्घको नेतृत्व छान्ने षड्यन्त्र गरिरहेकाले आफ्नो नेता आफैँले छान्न पाउनुपर्ने माग गरे ।

अध्यक्षका प्रत्याशी आनन्दराज त्रिपाठीले नेवि सङ्घमा निर्वा्चित प्रतिनिधि आउन नदिने षड्यन्त्र भइरहेको आरोप लगाउँदै महाधिवेशन प्रक्रिया विधिवत् रुपमा गरिनुपर्ने बताउनुभयो । प्रदेश नं ३ का उपाध्यक्षका प्रत्याशी राकेश श्रेष्ठले विगत १० वर्षदेखि महाधिवेशन हुन नसकेको सन्दर्भमा अहिले हुन लागेको महाधिवेशनबाट समेत टिके नेतृत्व छान्न लागेकाले आफूहरुले त्यसो हुन नदिने बताउनुभयो ।

यसैगरी, प्रदेश नं ५ का उपाध्यक्षका प्रत्याशी धर्मराज खनालले पार्टी कार्यालयमा बसी आमरण अनशन गरेकै भरमा प्रतिनिधि भागबन्डा लगाउने काम भइरहेकाले विभिन्न जिल्लाका प्रतिनिधिले यस कुराको विरोध गर्दै विधिवत् महाधिवेशन गर्न दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

बैतडीका नेवि सङ्घ अध्यक्ष चक्र चन्दले प्रतिनिधिका रुपमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिलाई पिउने पानी, बस्ने, खाने सुविधासमेत नदिएर अमानवीय व्यवहार गरेको बताउनुभयो । यही २० गते उद्घाटन भएको नेवि सङ्घका महाधिवेशन प्रतिनिधि विवादका कारण अझै निर्वाचन हुने नहुने अन्योल नै रहेको छ ।

तपाईको प्रतिक्रिया