Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

इस्लामावाद – पाकिस्तानको टेलिभिजन च्यानलहरूलाई हिजो बिहिबार चिकित्सकहरूले एउटा खबर दिए– देशका स्टार क्रिकेट खेलाडी हनिफ मोहम्मदको निधन भयो ।
यो खबर सुन्ने वित्तिकै न्युज च्यानलका रिपोर्टरहरूले आधिकारिकता बुझन हनिफका छोरा सोहेबलाई फोन गरे । अस्पतालमै रहेका सोहेबले पनि यस कुराको पुष्टी गरे– शरीरको थुप्रै अंग चल्न छोडेपछि बुवाको निधन भयो ।

44

हनिफ पाकिस्तानी क्रिकेटमा लिट्टिल मास्टरको रूपमा चिनिन्छन् । त्यसैले उनको निधनको खबर प्रमाणित हुने वित्तिकै पाकिस्तानी मिडियाले यसरी समाचार सम्प्रेषण गर्यो, त्यो खबरले पाकिस्तानी जनताहरू स्तब्ध बन्न पुगे । तर, त्यो खबर सार्वजनिक भएको १० मिनेट नबित्दै मिडियामा अर्को खबर आयो– हनिफ मरेका छैनन् । उनी पुनः जीवित भए । यसपछि मिडियाले हनिफको परिवारलाई होइन, हनिफका छोराले मिडियालाई आफ्नो बुवा जीवित भएको सुचना दिँदा दिँदै हैरान भए।

वास्तवमा भयो के भने, चिकित्सकहरूले मृत्य घोषणा गरेका हनिफ मोहम्मद ७ मिनेटपछि पुनः जिउँदो भए । असम्भव झै मानिने यो घटना आँगा खाँ अस्पतालमा भएको थियो। ८१ वर्षीय हनिफ केही वर्षदेखि क्यान्सरबाट पीडित थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि उनको परिवारले जुलाई ३० मा उनलाई अस्पतालमा भर्ना गराएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदैँथियो। यसैक्रममा उनको मुटुको धड्कन रोकिन पुगेपछि चिकित्सकहरूले ‘क्लिनिकली’ मृत्य घोषणा गरेका थिए ।

तर, ६ मिनेटपछि नै उनको मुटुको धड्कन फेरि ढुकढुक हुन थाल्यो। हनिफले सन् १९५४–५५ मा भारत गएको पाकिस्तानी टिमबाट भ्रमण गरेका थिए । उनले भारतविरूद्ध नै दिल्लीमा टेष्ट क्रिकेटको सुरुवात गरेका थिए। पाकिस्तानबाट ५५ टेष्ट खेलेका हनिफको नाममा ठूलो इनिङ खेल्ने थुप्रै कीर्तिमान छ। उ

तपाईको प्रतिक्रिया