Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटमा बसेको माओवादी केन्द्रको कार्यालयको बैठकले सो निर्णय गरेको हो । पार्टी प्रवक्ता पम्फा भुसालले सरकारमा माओवादीका तर्फबाट मन्त्री हुने थप पाँच जनाको नाम समावेशी, समानुपातिक एवम् क्षेत्रगत सन्तुलन मिलाएर चयन गर्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।

माओवादी केन्द्रले ययअघि उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा कृष्णबहादुर महरा, कृषि विकास मन्त्रीमा गौरीशङ्कर चौधरी र युवा तथा खेलकुद मन्त्रीमा दलजित श्रीपाइलीलाई पठाएको छ । माओवादीले ऊर्जा, संघीय मामिला तथा स्थानीय विकास, सूचना तथा सञ्चार र शिक्षा मन्त्रालय पाएको छ । ती मन्त्रालयमा माओवादीले समानुपातिक प्रतिनिधित्वका आधारमा मन्त्री चयन गर्ने जनाउँदै आएको छ ।

यस्तै आगामी भदौ २ गतेका लागि तय गरिएको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आगामी भदौ १० गतेपछि आयोजना गर्ने निर्णय भएको प्रवक्ता भुसालले जानकारी दिनुभयो । ***

तपाईको प्रतिक्रिया