Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – लगातार ओरालो लाग्दै आएको नेप्से परिसूचक आज पुनः ८४.५१ अङ्कले बढेर एक हजार ७६० बिन्दुमा पुगेको छ ।
कारोबार सुरु भएको एक घन्टा नबित्दै पाँच प्रतिशत बढीले सेयर कारोबार बढेपछि नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको छ । निश्चित प्रतिशतभन्दा बढी वा कमीले कारोबार भएपछि स्टकले ब्रेक लगाउने गरेको छ । सोमबार मात्रै पाँच प्रतिशतभन्दा बढीले सेयर कारोबारमा कमी आएपछि स्टकले ब्रेक लगाएको थियो । विगत दुई हप्तादेखि घट्दै आएको बजार आज एकाएक सबै समूह हरियो भएको हो । कुल ८४ कम्पनीको तीन लाख १० हजार ८७७ कित्ता सेयर रु २९ करोड ८३ लाख ३२ हजार ७८५ मूल्यमा कारोबार भएको छ ।
ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १८.७ बिन्दुले बढेको छ । बैंकिङ समूह ६.१३, होटल ५.७१, विकास बैंक २.४९, जलविद्युत् ५.५७, फाइनान्स १.५२, बिमा ६.४२ र अन्य समूह १.८९ प्रतिशतले बढेको स्टकले जनाएको छ ।

तपाईको प्रतिक्रिया