Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – धितोपत्र बजार ओरालो लाग्ने क्रम आज पनि रोकिएन । नेपाल स्टक एक्चेन्जका अनुसार दुई दिनको बिदापछि खुलेर बजारमा नेप्से परिसूचक ७.२६ अङ्कले घटेर एक हजार ७६१ बिन्दुमा कायम भएको छ ।

napse

कुल १४१ कम्पनीको २१ लाख १६ हजार ३५४ कित्ता सेयर रु एक अर्ब ५३ करोड १४ लाख ७४ हजार ६७६ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । आज चारवटा समूहको सेयर घटेको छ भने तीन समूहको सेयर भने बढेको छ, एक कम्पनीको सेयरमा भने कुनै परिवर्तन आएको छैन ।

होटल समूह ०.२, विकास बैंक ०.२२, फाइनान्स ०.०७ र अन्य समूह २.१८ प्रतिशतले सेयर कारोबारमा कमी आएको छ भने बैंक ०.४४, बिमा ०.६८, उत्पादन ३.२१ र जलविद्युत् समूहको सेयर भने स्थिर रहेको छ । धितोपत्र बजारमा कालो धनको चलखेल भइरहेको भन्दै चर्को आलोचना भएपछि बजार घट्ने क्रम सुरु भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया