Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालु आर्थिक वर्षमा गरिने एक वर्षे कार्ययोजना तीन दिन भित्र पेश गर्न सम्बद्ध मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री भएपछि आज पहिलोपटक सचिव बैठक डाकेर प्रचण्डले मन्त्रालयले गर्ने एक वर्ष्भित्रको कार्ययोजना मुख्यसचिव डा. सोमलाल सुवेदी समक्ष पेश गर्न निर्देशन दिनुभएको हो । “मन्त्रालयका एक वर्षमा गर्ने के कस्ता कार्ययोजना छन् ती सबै पेश गर्न निर्देशन दिनुभएको छ,” खानेपानी मन्त्रालयका सचिव डा. सञ्जय शर्माले भन्नुभयो, “प्रधानमन्त्रीले पुंजिगत खर्च गर्ने योजना पेश गर्न भन्नुभएको छ ।”

प्रधानमन्त्रीले संविधानको कार्यन्वयन र पुनर्निर्माणलाई कसरी गति दिने भनेर सचिवसँग सल्लाह लिनुभएको थियो । सरकारको प्राथमिकता संविधान कार्यान्वयन र पुनर्निर्माण रहेको बताउँदै यसलाई प्रभावकारी रुपमा काम गर्न उहाँले निर्देशन दिनुभएको हो ।

यस्तै जनतालाई सहज रुपमा सेवा प्रदान गर्न पनि उहाँले सचिवहरुलाई निर्देशन दिनुभएको थियो । वर्षेनी पुँजीगत खर्च नभएकोमा चिन्ता व्यक्त गर्दे प्रधानमन्त्रीले खर्च हुने वातावरण बनाउन सचिवलाई निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया