Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विगत १० वर्ष देखि हुन नसकेको महाधिवेशनको आज उद्घाटन भएको छ ।११ जिल्ला सहित केही क्याम्पसका प्रतिनिधि छनोटमा देखिएको विवाद मिलाउन थालिएको महाधिवेशनको उद्घाटन सत्र ढिलो गरेर सुरु भएको हो ।

Convention

देउवाले ११ वटा मैन वत्ती बालेर महाधिवेशनको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा पार्टी सभापति देउवासहित नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत नेता उपस्थित हुनुहुन्छ ।

महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी झण्डै ३४ सय प्रतिनिधिले भाग लिएका छन् । नेविसंघमा अध्यक्ष सहित पदाधिकारीका लागि सयभन्दा धेरैले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

संघको अध्यक्षमा हालसम्म नैनसिंह महर, जितजंग बस्नेत, मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरेका छन् । तर चुनाव हुने नहुने अन्यौल छ ।

तपाईको प्रतिक्रिया