Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

कञ्चनपुर – कञ्चनपुरमा नेपाल–भारत मैत्री हाफ म्याराथन दौड प्रतियोगिता भएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा मैत्रीपूर्ण हाफ म्याराथन दौड आयोजना गरेका हुन ।

paappapa

छिमेकी मुलुकबिचको सम्बन्ध र सीमाक्षेत्रमा बस्ने नागरिकालाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले नेपाल भारत बिच मैत्री हाफ म्याराथन दौड प्रतियोगिता गरिएको सशस्त्र प्रहरी बलका डिआइजी राजेश श्रेष्ठले बताउनुभएको छ ।

यस्तै भारतीय सीमा सुरक्षा बल एसएसबीका आइजी श्याम सिंहले सशस्त्र प्रहरी बल र एसएसबीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमले नेपाल भारतबिचको सम्बन्धलाई अन्तर्राष्ट्रिय स्तरमा नै अझ प्रगाढ बनाउने बताउनुभयो । प्रतियोगितामा महिलातर्फ एपिएफ क्लबकी कान्छीमाया तामाङ प्रथम भएकी छन् । पुरुषतर्फ भारतका कालिदास लक्ष्मण प्रथम भएका छन् ।

यस्तै द्वितिय हुनेमा महिलातर्फ आपूर्ति स्यानी र पुरुषतर्फ लालजी यादव रहेका छन् । यस्तै तृतीय हुनेमा महिलातर्फ एपिएफ क्लबकी फूलमति राना र पुरुषतर्फ नेपाल पुलिस क्लबका भूमिराज राई रहेका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई १० हजार भारतीय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

२१ किलो मिटर दूरी रहेको प्रतियोगितामा महिला र पुरुष गरी ९ सय १० जनाको सहभागिता थियो । प्रतियोगितामा नेपालका तर्फबाट १ सय ५ जना सहभागी थिए । त्यस्तै, भारतबाट ७ सय २५ जना सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया