Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

इरान – इरानमा एक वैज्ञानिकलाई फाँसी दिइएको छ । सन् २०१० मा पक्राउ परेका परमाणु वैज्ञानिक शाहराम अमिरीलाई फाँसीको सजाय दिइएको वैज्ञानिकको परिवारलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । वैज्ञानिक अमिरीकी आमाले आफ्नो छोराको शव अन्तिम संस्कारका लागि सरकारले आफूहरुको जिम्मा लगाएको जानकारी दिनुभयो ।

aaa

अमिरीको घाँटीमा डोरीको डाम रहेको परिवारले बताएको छ । अमिरीको इस्लामिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । अमेरिकाबाट फर्किएपछि वैज्ञानिक अमिरीलाई पक्राउ गरेर गोप्य स्थानमा राखिएको थियो । अमिरीले अमेरिकाको सिआइएले आफूलाई जबरजस्ती पक्राउ गरेको आरोप पनि लगाएका थिए ।

उनलाई इरानको परमाणु कार्यक्रमका बारेमा गहन जानकारी रहेको केही रिपोर्टमा उल्लेख छ । सन् १९७७ मा जन्मिएका अमिरी सन् २००९ मा हज गएपछि बेपत्ता भएका थिए । पछि उनी अमेरिकामा सर्वाजनिक भएका थिए ।

उनले आफूलाई अमेरिकी गुप्तचर विभाग सिआइएले अपहरण गरेको बताएका थिए । सन् २०१० मा तेहरान फर्किँदा उनको भव्य स्वागत भएको थियो । तर पछि उनलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया