Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौँ – नेपाल विद्यार्थी संघको सभापति पदका लागि नैनसिंह महर उम्मेदवार बन्ने लगभग पक्का भएको छ । पार्टी सभापति शेरबहादुर देउवा समूहबाट महर नेविसंघको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने भएका हुन् । nain-singh-Mahar-2

आधिकारिक सभापति को हुने भन्ने विषयमा विवाद भैरहेको बेला महर आधिकारी भएका हुन् । देउवा समूहबाट जितजंग बस्नेत र शुभराम बस्नेत लगायतले पनि सभापतिका लागि दावेदार प्रस्तुत गरेका थिए । रामचन्द्र पौडेल समूहबाट मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, नीलकण्ठ रिजाल र आनन्द त्रिपाठी लगायतले अध्यक्ष दाबी गर्दै आएका छन् । यस्तै सिटौला पक्षबाट कुन्दराज काफ्लेले दाबी गरेका छन् ।

काँग्रेस सभापति देउवाले दिउसो १ बजे महाधिवेशनको उद्घाटन गर्नेछन् । संघको संशोधित विधानअनुसार प्रदेश, समावेशीसहित १३ उपाध्यक्ष, एक मनोनीतसहित तीन महामन्त्री, एक कोषाध्यक्ष, प्रदेशबाट सात, समावेशीतर्फ चार, कर्णालीसहित पिछडिएको नौ जिल्लाबाट एक, उपत्यकाबाट एकसहित १६ सहमहामन्त्रीको व्यवस्था छ ।

तपाईको प्रतिक्रिया